श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता « Khabarhub

श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ ।

मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नaदी सप्तकोसीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ । यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन् ।

खासगरी मौसमअनुसारको तरकारी परबल, बोडी, करेला, घिरौँला, आलुलगायतका तरकारी उत्पादन गरी परिवार धान्दै आर्थिकरूपमा फड्को मारेका छन् । तरकारी बिक्री गरेरै दश जनाको परिवार धानेर कोसीपूर्व प्रकाशपुरमा जग्गा जमिन किनेर घर बनाएर राम्रो आम्दानी गर्नेमा विनोद मण्डल पर्छन् ।

पछिल्लो समय भने उनीहरुलाई चिन्ताले सताएको छ । डेढ साताअघि सप्तकोसी नदीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाको मानव बस्तीमा प्रवेश गरेपछि भने श्रीलङ्का टापुमा उत्पादन गरेको तरकारी बजारसम्म बिक्री गर्न लान गाह्रो परेकाले चिन्ताले सताएको हो । टापुमा आठ सय घरका तीन हजारभन्दा बढी जनसङ्ख्या छ ।

कृषिमा निर्भर यस टापुका बासिन्दाले तरकारीबाटै परिवार धानेर मनग्य अतिरिक्त आम्दानी गरे पनि सरकारी निकायले भने प्रोत्साहन नगरेको स्थानीय किसान प्राण मण्डलको गुनासो छ । ‘दुःख गरेर तरकारी लगायो, कहिले पानी पसेर सखाप पार्छ त कहिले जङ्गली जनावरले खाइदिन्छ’, उनले भने, ‘तरकारी लगाउन सजिलो छ तर, जोगाउन धेरै दुःख गर्नुपर्छ ।’

हिउँदमा पूर्व र पश्चिम दुवैतिरका लामालामा बलौटे बगरको बीचमा रहने र बर्खाका बेला पानीले घेरिएर टापुको रूप धारणा गर्दछ । गत साउन १८ गते सप्तकोसीले बेलकामा धार परिवर्तन गरी बस्तीमा प्रवेश गरेपछि अब बर्खाको बेला उत्तरबाट पनि घेरिएको छ । पाँच दशकअघि कोसीका किनारामा तटबन्ध थिएनन् । कोसी पश्चिमबाट बग्थ्यो । त्यसबेला श्रीलङ्का टापु थिएन । कोसी पूर्वी र पश्चिम भङ्गालो भएर बग्ने गरेकामा अब उत्तरबाट समेत बग्न थालेकाले बीचमा कतै पनि सजिलै आउजाउ गर्न नसक्ने टापु बन्न पुगेको छ ।

राजनीतिक दलका नेताहरूले श्रीलङ्का टापुका बासिन्दालाई हरेक निर्वाचनताका आकर्षक आश्वासन दिएर भोट बैंकका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ५१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग