जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री यादव « Khabarhub

जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री यादव


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् ।

आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २७)मा नेपालले उठान गर्ने मुद्दाबारे विभिन्न सङ्घ संस्थासँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले हामी सबैले कार्बन उत्सर्जनलाई कम गरेर र दिगो जीवनशैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्नुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिर्वतनका कारण विश्वमा विभिन्न बाढी पहिरोलगायतका घटना भइरहेका छन्, यो समस्या सामाधानका लागि विश्वव्यापीरुपमा प्रयास भइरहेकाले हामीले पनि समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ ।’ मन्त्री यादवले राष्ट्रिय जलवायु परिर्वतन नीति २०७६ तर्जुमा भई कार्यान्वयनमा रहेकोसमेत जानकारी गराए ।

नेपालले बनाएको नीति तथा रणनीति तथा कार्यक्रम सबै तहमा कार्यान्वयन गरिनेसमेत उनको भनाइ थियो । हाम्रा महत्वाकाङ्क्षी प्रतिबद्धता तथा कार्यक्रम कार्यान्वयन गर्न हामीलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा पनि यो कुरा राखेको मन्त्री यादवले बताए ।

मन्त्री यादवले मन्त्रालयका राष्ट्रसेवक कर्मचारी, आम नागरिक, सामुदायिक वनका पदाधिकारीलगायत विभिन्न संस्थाको सहयोगमा वनको कूल हिस्सा ४५ प्रतिशतभन्दा बढी पुगेकाले आफूहरु आफ्नो लक्ष्यभन्दा माथि पगेको दाबीसमेत गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : १४ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान