‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’ « Khabarhub

‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले निस्वार्थ पमा दुवै पक्षले काम गर्नुपर्ने बताए । बाँस्कोटाले आफ्नो अधिकारका लागि स्वयं आमउपभोक्ता पनि सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वास्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरू अघि बढ्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ५ : ३१ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम