बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ « Khabarhub

बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी