सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो « Khabarhub

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो। कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ।

२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०–२० सेन्टिमिटर भासिएको थियो। यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए।

सडक भासिने क्रम रोकिएको छैन। “वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो। हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,” राईले भने, “यसपल्ट करिब एक मिटर भासिएको छ। भूकम्पले सडक चर्किएको थियो। झरी पर्न थालेपछि दव्न थालेको हो।”

भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ। माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ।

चाडवाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो।

कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहिन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव-इन्जिनियर केशव पौडेलले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २३ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान