कास्की १ : जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा « Khabarhub

कास्की १ : जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।

कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्रेस जिल्ला सभापति बराल गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका हुन भने एमालेले जिल्ला अध्यक्ष गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसअघि विसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी हुनुभएको थियो । तत्कालीन समयमा अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोरेका हुन् ।

अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार हुनु भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ । तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।

यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए । स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की-१ मा आफूले जित्नेमा उनी  ढुक्क छन्। ‘मूल प्रसार-प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ’, उनले भने, ‘जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ ।’

एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए । ‘कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ’, उनले भने, ‘मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।’

यस निर्वाचन क्षेत्रमा मादी  र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए ।

सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् । सूचना अधिकारी न्यौपानेकाअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : १८ बजे

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत