चितवनमा संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई | Khabarhub Khabarhub

चितवनमा संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उनले भने, ‘महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।’

केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उनले जानकारी दिए । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए ।

 निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको उनको भनाइ छ । मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उनले बताए । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : २६ बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’