निर्वाचन आयोग नै एकपछि अर्को विवादमा | Khabarhub Khabarhub

निर्वाचन आयोग नै एकपछि अर्को विवादमा

प्रचार सामग्रीदेखि उम्मेद्वारी खारेज गर्ने निर्णयमै प्रश्न !


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशभर निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन आयोग भने झन् झन् विवादमा फस्न थालेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र सुरक्षित बनाउनुको साटो आयोगका कतिपय निर्णय र प्रचारशैलीले यसपटक उसलाई नराम्ररी विवादमा तानेको छ ।

आयोग सुरुमै पनि कतिपय आफ्नै अपरिपक्व निर्णयका कारण विवादमा आएको देखिन्छ । त्यसमध्ये पहिलो थियो, गीतको सवाल । निर्वाचन आयोगका प्राय गीत विवादमा पर्ने गरेका छन् । गीत संगीतका माध्यमबाट निर्वाचन प्रचार गर्न चाहिरहेको आयोगले कुन सर्जकलाई कस्तो गीत लेख्न र गाउन दिने भन्ने विषयमा निर्णय गर्न चुकेको छ ।

स्थानीय तहको चुनावको बेलामा ‘आयो निर्वाचन’ गीतले नै आयोग विवादमा तानिएको थियो । नेपाल टेलिकमको कलर ट्युन प्रयोग गर्दा आम मानिस वाक्क भएर यो गीत हटाउन माग गरेका थिए । अहिले आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावमा नयाँ गीत ल्यायो ।

चर्चित सञ्चारकर्मी हेम सुवेदीेले लेखेको, गाएको र भिडियो बनाएको गीतले सामाजिक सञ्जालमा धेरै आलोचना व्यहोर्योजसकारण आयोगले आफ्नो युट्युब च्यानलबाटै गीत हटाउनुपर्ने अवस्था आयो । निकै कमजोर शैली र भावभंगी भएका गीत ल्याउँदा आम मानिसमा निर्वाचन आयोगका कामप्रति नै प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

गीत संगीतमा आलोचना व्यहोरेको आयोगले त्यसपछि सामाजिक सञ्जालका चुनावी अभियानतर्फ नजर लगायो । स्थानीय तहदेखि नै ‘नो नट अगेन’ अभियान सामाजिक सञ्जालमा छेडिएको थियो । जसले बुढापाका नेताहरुलाई यसपटक बिदा गर्नुपर्छ भन्ने आशय दिन्थ्यो ।

जुन केवल सामाजिक सञ्जालमा सीमित थियो । आयोगले निर्वाचन आचारसंहिताको पालना गराउनुपर्ने भन्दै तत्काल पेज हटाउन र अन्यथा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने विज्ञप्ति निकाल्यो । यसप्रति आम मानिसहरुले घनघोर विरोध जनाए ।

यसपटक टिकट नपाएका तर आयोग र दलकै नेताहरुबाट पन्छिएका भीम रावल, मिनेन्द्र रिजाल लगायतका नेताहरुले पनि खुलेर विरोध गरे । त्यति मात्रै होइन, सामाजिक सञ्जालमा आयोगको विरोध गर्ने र नो नट अगेन अभियानको समर्थन गर्ने समूह नै तयार देखियो ।

यसमा सञ्चारकर्मी, कलाकार, पत्रकार, समाजसेवी, बौद्धिक र विज्ञहरु नै बुढापाका नेताहरुलाई बिदा गर्नुपर्ने भन्दै आयोगको चेतावनी आफैँमा गैरसंवैधानिक भएको ठहर गर्नतिर लागे । आयोगको यस किसीमको चेतावनीविरुद्ध वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसको सुनुवाई मंगलबारदेखि सुरु भएको छ ।

यस्तै सोमबारदेखि आयोग अर्को विवादमा तानिएको छ । भष्मासुर कसरी भस्म भएका थिए ? भन्ने किंवदन्ती राखेर बनाइएको प्रचारात्मक भिडियोलाई अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर हेर्न थालिएको छ । जसकारण कुनै दल लक्षित गरेर आयोगले चुनाव प्रचारका भिडियो बनाएको भन्दै आलोचना चुलिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएका बेला दुई पटक संसद् विघटन गरेपछि उनलाई भष्मासुर भनिएको थियो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै भष्मासुरको संज्ञा दिँदै त्यतिबेला आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ओली र भण्डारीको धेरै आलोचना भएको थियो ।

अहिले आयोगले भष्मासुरको किंवदन्ती कथालाई जोडेर भिडियो बनाएपछि धेरैले यसलाई एमाले अध्यक्ष ओलीसँग जोडेर आलोचना गरिरहेका छन् । यद्यपि यसबारे एमाले र आयोग दुवैले थप प्रतिक्रिया दिएका छैनन् । धेरै आलोचना भएर सुरुको गीत हटाएपनि आयोगले यो भिडियो भने हटाएको छैन ।

त्यसअघि आयोग उम्मेद्वारी खारेज गर्ने निर्णयका कारण पनि विवादमा तानिएको छ । ललितपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेद्वारी दिएर चुनावमा होमिएका डा.तोसिमा कार्कीको उम्मेद्वारी खारेज गरेपछि आयोग विवादमा तानिएको छ । डा.कार्की भने आयोगको यो निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छन् ।

उम्मेद्वारी दर्ता भएदेखि दावी विरोध र उजुरी गर्ने समयमा पनि अध्ययन अनुसन्धान नगरी बस्ने तर उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउँदै गएपछि उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध युवाहरू विरोधमा छन् । जसकारण आयोगले सर्वोच्च अदालतमा मुद्दा खेप्नुपर्ने बाध्यता बनेको छ ।

नो नट अगेन र डा. कार्कीको उम्मेद्वारी खारेजीविरुद्ध पनि आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएका छन् । यसले आयोगलाई झन् विवादमा तानेको छ । त्यति मात्रै होइन आयोगले आफ्नो वेबसाइटमा सबै उम्मेदवारको नाम र सूची प्रकाशित गर्नै सकेको छैन । यसले पनि आयोगलाई झन् बढी विवादित बनाएको छ ।

निर्वाचन जस्तो संवेदनशिल विषयमा गम्भीर भएर कदम चल्नुको साटो हचुवाका भरमा निर्णय गर्ने प्रवृत्तिले निर्वाचन आयोग एकपछि अर्को विवादमा तानिएको छ । यो विवादले दलका उम्मेदवारलाई अन्याय नभए त ठीकै हो, यदि अरु उम्मेदवारलाई पनि अन्याय भएको महसुस भएको खण्डमा भने आयोगलाई चुनाव सम्पन्न गर्नै सकस हुन सक्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ५० बजे

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,