छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु  « Khabarhub

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु 


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खोटाङ– छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दैआएका थिए । 

सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातमा चोट लागेका रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ५४ बजे

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।