एमाले घोषणापत्र : छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य « Khabarhub

एमाले घोषणापत्र : छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्‍याउने लक्ष्यसहित नेकपा (एमाले) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने बताएको उक्त पार्टीले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने दावी गरेको छ । ‘स्वच्छ पानी, सफा वातावरण, खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ भन्ने नारा दिएको एमालेले सिँचाइका लागि वर्षायाममा बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने योजना रहेको बताएको छ । 

आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई मधेशमा थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने, वैदेशिक रोजगारीमा फर्केका नेपालीलाई ऋण तथा सहुलियतका योजना ल्याउने सो पार्टीको दाबी छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ५२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले