हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि « Khabarhub

हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । 

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए । यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए  ।

 यो सङ्ख्या असोजमा अझै बढेको छ । असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । कोरोनापछि पहिलोपटक पर्यटकको सङ्ख्या सन्तोषजनक हुन थालेको उनले सुनाए । कार्यक्रमले सार्क देशका पर्यटकसँग रु एक सय ५० र सार्क बाहिरी देशका पर्यटकसँग एक हजार शुल्क लिने गरेको छ । 

कार्यक्रमअन्तर्गत महानगरपालिका वडा नं १९, २०, २३ र २४ वडाका सम्पदा क्षेत्र पर्छन् । कार्यक्रमले यी वडाका मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि काम गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ५८ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,