एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित « Khabarhub

एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण विकेट हात पार्दै ‘प्लेयर अफ दि म्याच’ तथा ‘प्लेयर अफ दि सिरिज’को ट्रफीसमेत हात पारे । आजको जितसँगै नेपाली महिला क्रिकेट टोली क्यान–११ ले सिरिजसमेत हात पारेको छ । क्यान ११ ले टी–२० मा समेत एमसिसिलाई पराजित गरेको थियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको एमसिसीले छ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसिसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिङ्गरले २५ रनको योगदान दिए।

नेपालका लागि वलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान दुई/दुई विकेट लिँदा सीता राना र इन्दु वर्माले एकरएक विकेट लिए । खेलमा जितका लागि १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ३९ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली टोलीका नेरी थापाले ५५, कविता कुँवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाइन । एमसिसीका लागि अमान्दा पोटगिजरले तीन विकेट लिँदा एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान दुई–दुई विकेट लिए। रिचेल पोर्टरले एक विकेट लिईन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : २१ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६