अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक भित्रिए « Khabarhub

अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक भित्रिए


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ ।

पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलङ्काले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको पर्यटन विकास प्राधिकरणले जनाएको छ ।

यदि यो सफल भयो भने श्रीलङ्काले पर्यटन क्षेत्रबाट १।८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन मन्त्री हरिन फर्नान्डले फिफा विश्वकपका लागि कतार जानेहरूका लागि कोलम्बोलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले काम भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ४७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले