विश्व इतिहासमा आज : लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्नसम्म « Khabarhub

विश्व इतिहासमा आज : लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्नसम्म


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटना :

लिस्वियन सन्धि कार्यान्वयनमा
सन् २००९ मा लिस्वियन सन्धि कार्यान्वयनमा आएको थियो। युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धिलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए। लिस्वियन सन्धिले म्यास्ट्रिच सन्धि र रोम सन्धिलाई संशोधन गरेको हो।

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा
सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो। त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो। फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो।

तेहरान सम्मेलन सम्पन्न
सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो। फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो।

व्रिटीश हाउस अफ कमनकी पहिलो महिला
नेन्सी एस्टर बेलायतको संसद्को तल्लो सदन हाउस अफ कमनमा आबद्ध हुने पहिलो महिला हुन्। उनी सन् १९१९ मा निर्वाचित भएकी थिइन्।

आइसल्यान्ड स्थापना
सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो। डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो। कानुनले आइसल्यान्डलाई डेनमार्कका साझा राजतन्त्रसहित डेनमार्कलाई सार्वभौम देशको मान्यता दिएको थियो। सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थापना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्तित्वमा थियो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : २२ बजे

‘६४ सालमा भारी बहुमत ल्याएर भाँडोमा न भुईँमा भएको नेता मै हो’

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले

केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही

प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल