चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत « Khabarhub

चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् ।

चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।

प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको टिप्पणी गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थतन्त्र र दैनिक जीवनमा बाधा पु¥याउने शून्य–कोभिड नीतिबारे भने उनले केही उल्लेख गरिनन् । अधिकारीहरूले बुधवार शहरका ११ जिल्लाहरूमा विभिन्न कोभिड प्रतिबन्धहरूलाई केही सहज बनाएका प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १ : २३ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न