कर्णालीमा बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन « Khabarhub

कर्णालीमा बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो ।

प्रदेश सरकारले अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रित गरेको देखिएको छ । अध्ययनमा तीन आर्थिक वर्षको बजेट समेटिएको थियो । अर्थिक वर्ष २०७५/७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बजेट मध्ये बालबालिको क्षेत्रमा २.३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १.८९ प्रतिशत बजेट बालबालिकाको लागि छुट्याइएकामा गत आर्थिक वर्षको बजेटमा २.१४ प्रतिशत मात्रै बजेट विनियोजन भएको थियो । चालु आवको बजेटमा पनि बालबालिकाको क्षेत्रमा खासै महत्व नदिइएको अभियानका टेकराज आचार्य गुनासो गरे ।

प्रदेश र स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने माग सरोकारवालाले निकायले गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : १२ बजे

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक