सरकारले धान खरिद नगर्दा किसान मर्कामा « Khabarhub

सरकारले धान खरिद नगर्दा किसान मर्कामा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वर्षेनी धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।

सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई दुई हजार चार सय चार रुपैयाँमा बिक्री गरिरहेको डुडुवा कम्दीका किसान हरिराम यादवले बताए । रकम अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उनको भनाइ छ ।

खजुरा ३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउँछन् । सरकारले तोकेभन्दा प्रतिक्विन्टल पाँच सय रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेको उनको भनाइ छ ।

नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल दुई हजार ४०० रुपैयाँभन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।

उक्त कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताए । धान खरिदका लागि छलफल चलिरहेको भन्दै उहाँले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताए । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : १८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ