सरकारले धान खरिद नगर्दा किसान मर्कामा « Khabarhub

सरकारले धान खरिद नगर्दा किसान मर्कामा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वर्षेनी धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।

सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई दुई हजार चार सय चार रुपैयाँमा बिक्री गरिरहेको डुडुवा कम्दीका किसान हरिराम यादवले बताए । रकम अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उनको भनाइ छ ।

खजुरा ३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउँछन् । सरकारले तोकेभन्दा प्रतिक्विन्टल पाँच सय रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेको उनको भनाइ छ ।

नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल दुई हजार ४०० रुपैयाँभन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।

उक्त कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताए । धान खरिदका लागि छलफल चलिरहेको भन्दै उहाँले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताए । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : १८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि