प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी « Khabarhub

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विद्यालयका प्रावि तहका शिक्षक सन्जयकुमार धवल गत १५ भदौमा सरुवा भई अन्यत्र गएपछि सरुवा भई १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवरी दिएको थाहा पाएपछि विद्यार्थीहरूले पुरानै शिक्षक प्रअ हुनुपर्ने माग गर्दै मुख्य गेटमा ताला लगाएका हुन् ।

विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् । अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।

जिम्मेवारी दिन लागेका शिक्षकले अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनको तर्क छ ।

अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । उनले विद्यालयमा हाँस, कुकुर पालेको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारवाही भोग्न तयार रहेको उनको भनाइ छ ।  सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : २६ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ