प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विद्यालयका प्रावि तहका शिक्षक सन्जयकुमार धवल गत १५ भदौमा सरुवा भई अन्यत्र गएपछि सरुवा भई १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवरी दिएको थाहा पाएपछि विद्यार्थीहरूले पुरानै शिक्षक प्रअ हुनुपर्ने माग गर्दै मुख्य गेटमा ताला लगाएका हुन् ।

विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् । अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।

जिम्मेवारी दिन लागेका शिक्षकले अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनको तर्क छ ।

अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । उनले विद्यालयमा हाँस, कुकुर पालेको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारवाही भोग्न तयार रहेको उनको भनाइ छ ।  सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  २ : २६ बजे

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई

लेखकलाई किन लाग्यो डलरमा कलम बेचेको आक्षेप ?

काठमाडौं– चुस्सदारी, खुम्चेको लबेदा सुरुवाल, गफाडी, चिया र सुराको ग्राहक

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

म्याड्रिड– स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८