‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा « Khabarhub

‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानवता प्रवद्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा काठमाडौँ, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको सङ्गीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको छ । आश्रमले आज उक्त कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

सङ्गीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं उनीहरुको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवद्र्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर सङ्गीत यात्रा आयोजना गरेको हो । उक्त सङ्गीत यात्रा मङ्सिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौँमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

शुक्रबार विराटनगरको हाटखोला मैदानबाट कार्यक्रम सुरु हुनेछ । महिनाव्यापी अभियानअन्तर्गत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने छ ।

यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन सहयोग पुग्ने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए। आश्रममा हाल एक हजार छ सय सडक आश्रित मानवहरु संरक्षित छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : ४१ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न