प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते हुने « Khabarhub

प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते हुने


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ । सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलनअघि आगामी फागुन महिनाभरि जिल्ला सम्मेलन र चैतको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गरिने अध्यक्ष डा गिरीले बताए ।

सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। सो समितिका सदस्यमा पूर्वअध्यक्ष मातृका पोखरेल, महासचिव समीर सिंह, उपमहासचिव आरसी न्यौपाने र सदस्य शालिग्राम तिमिल्सिना छन् । प्रलेस मुलुकका सबै वाम घटकमा आवद्ध स्रष्टाको पुरानो संस्था हो ।

प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्ददेव भट्टकी जीवन सङ्गिनीले थप रु दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष गिरीले रु एक लाख प्रदान गरेमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै