रसुवाको एक पालिकाका विपन्न बालबालिकालाई न्यानो कपडा « Khabarhub

रसुवाको एक पालिकाका विपन्न बालबालिकालाई न्यानो कपडा


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

रसुवाका समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ सुनितामाया गुरुङको पहल तथा रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपाल, एटीएएल पिङ्गलास्थान फ्यामिलीले उत्तरगया गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरेको हो ।

डाँडागाउँस्थित डाडागाउँ माविका ५० जना बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट वितरण गरिएको समाजसेवी तथा नेपाली कांग्रेस रसुवाकी नेतृ सुनितामाया गुरुङले जानकारी दिइन् । शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बालबालिकाहरुलाई ज्याकेट वितरण गरेका हुन् । उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए ।

चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा स्वरुप ज्याकेट पाएसँगै खुसी भएका छन् । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक ध्रुव पन्तले बताए।

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा उत्तरगया गाउँपालिका २ का वडाध्यक्ष खुवाबहादुर गुरुङले धन्यवाद दिदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : ४० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित