रसुवाको एक पालिकाका विपन्न बालबालिकालाई न्यानो कपडा « Khabarhub

रसुवाको एक पालिकाका विपन्न बालबालिकालाई न्यानो कपडा


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका-२ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

रसुवाका समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ सुनितामाया गुरुङको पहल तथा रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपाल, एटीएएल पिङ्गलास्थान फ्यामिलीले उत्तरगया गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरेको हो ।

डाँडागाउँस्थित डाडागाउँ माविका ५० जना बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट वितरण गरिएको समाजसेवी तथा नेपाली कांग्रेस रसुवाकी नेतृ सुनितामाया गुरुङले जानकारी दिइन् । शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बालबालिकाहरुलाई ज्याकेट वितरण गरेका हुन् । उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए ।

चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा स्वरुप ज्याकेट पाएसँगै खुसी भएका छन् । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक ध्रुव पन्तले बताए।

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा उत्तरगया गाउँपालिका २ का वडाध्यक्ष खुवाबहादुर गुरुङले धन्यवाद दिदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : ४० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग