माओवादी स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्दै | Khabarhub Khabarhub

माओवादी स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्दै


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ०२ बजे

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी