माओवादीमा सर्वसम्मत गर्न पनि सकस « Khabarhub

माओवादीमा सर्वसम्मत गर्न पनि सकस


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ।

माओवादी महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेर रोक्दै सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि शीर्ष नेताहरुले गृहकार्य गरिरहेका छन् । माओवादीमा केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ ।

पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो । केन्द्रीय समिति र पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै लगाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भइरहेको छ ।

बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । पदाधिकारीको संख्याबारे विधानमा स्पष्ट छैन। पदाधिकारीको चुनाव कसरी गर्ने भन्ने विषयमा पनि अन्योल छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ४ : ३० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज