कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठक दोस्रो हो । सभापति देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् । उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने विधानमा व्यवस्था छ ।

सभापतिमा पराजित डा. शेखर कोइरालाले पहिलो बैठक बहिस्कार गरेका थिए। देउवाले डा. कोइरालाको वरीयता पछाडी राखेपछि उनी पहिलो बैठकमा सहभागी भएनन् । दोस्रो बैठकमा उनले के गर्छन् भन्ने टुंगो लागिनसकेको उनी निकट स्रोतले जनायो । वरीयता विवाद मिलेको छैन । सोमबारको बैठकमा यो विवादले प्रवेश पाउने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ४ : ४१ बजे

जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको

तिहारमा झिनियाँको माग उच्च

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय