पृथ्वी जयन्तीमा विदा दिन र नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रधानमन्त्रीसँग राप्रपाको माग « Khabarhub

पृथ्वी जयन्तीमा विदा दिन र नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रधानमन्त्रीसँग राप्रपाको माग


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा मनाइने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।

आइतबार राप्रवा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको राप्रपा नेताहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपाले यसअघि तत्कालीन प्रधानमन्त्री देउवाले २०७४ को पृथ्वी जयन्तीमा पनि विदा दिएको भन्दै फेरि पनि विदा दिन माग गरेको छ ।

राप्रपाले नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्नसमेत माग गरेको छ ।

मिति : २०७८ पुस १८ गते
सम्माननिय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौ ।
विषयः ज्ञापन पत्र ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको रुपमा भब्यताका साथ मनाईरहेको सर्वविदितै छ ।

नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राज्यका तर्फबाट कुनै कमी हुन दिनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रही आएको छ । राष्ट्र एकिकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दामाथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वास माथि चोट पुग्दैन तसर्थ आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक विदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकार समक्ष जोडदार माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछ ।

यसै सन्दर्भमा २०७४ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वको सरकारले सार्वजनिक विदा दिने भनि गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको भएतापनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा सार्वजनिक विदा दिने प्रधानमन्त्रीज्यूको पूर्ववर्ति निर्णयलाई पुनः स्मरण गराउदै आगामी पौष २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारी स्तर बाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन हुन राप्रपा सरकारसँग जोडदार माग गर्दछ । यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने कुरा पनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछु ।

राजेन्द्र लिङ्गदेन
अध्यक्ष

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ३० बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय