हत्केलामा यस्तो रेखा भएका व्यक्तिले उमेर ढल्केपछि पनि सफलता पाउँछन् « Khabarhub

हत्केलामा यस्तो रेखा भएका व्यक्तिले उमेर ढल्केपछि पनि सफलता पाउँछन्


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्र अनुसार हत्केलाको सूर्य र भाग्य रेखाको विशेष महत्व हुन्छ । सूर्य रेखाले भविष्य र सफलताको संकेत गर्दछ भने भाग्य रेखाले मानिसको भाग्यका बारेमा संकेत गर्ने मान्यता छ । यदि हत्केलाका दुबै रेखा शुभ स्थितिमा छन् भने यस्ता व्यक्तिलाई भाग्यले साथ दिने मान्यता छ । यस अलावा यी दुई रेखाले अरू केही खास संकेत पनि गर्दछ ।

सूर्य र भाग्य रेखाको योग
हस्तरेखा शास्त्र अनुसार यदि हत्केलाको सूर्य र भाग्य रेखा दुबै शुभ छ र दुबै रेखा समानान्तर छ भने यस्ता व्यक्ति अति सौभाग्यशाली हुन्छन्। साथै यदि मस्तिष्क रेखा सीधा र स्पष्ट छ भने भाग्य वृद्धि हुने मान्यता छ । यस्ता व्यक्ति धनवान हुन सक्छन् । हस्तरेखा शास्त्रका अनुसार रेखा योगले मानिसलाई बुद्धिमान बनाउँछ ।

आधा उमेरपछि सफलता
हस्तरेखा शास्त्र अनुसार यदि सूर्य रेखा हृदय रेखाका छेउबाट सुरु भएको छ भने यस्ता व्यक्तिले जीवनको उत्तरार्धमा सफलता पाउने छन् । यस्ता रेखा भएका अधिकांश व्यक्तिले ५५–६० वर्षको उमेरमा केही विशेष काम गर्ने सम्भावना रहन्छ । तर यसका लागि सूर्य रेखा स्पष्ट र शुभ हुन आवश्यक छ ।

जीवनमा खुसी
हस्तरेखा शास्त्र अनुसार यदि सूर्य रेखा, मणिबन्ध वा यसको नजिकबाट सुरु भएर भाग्य रेखाको समानान्तर भई शनि पर्वतसम्म पुगेको छ भने यो योग अत्यन्त शुभ र विशेष मानिन्छ । यस्ता व्यक्तिले जुन कामको थालनी गर्छन् त्यसमा सफलता प्राप्त गर्न सक्छन् । तर हदयरेखाको माथि सूर्य रेखा नभए वा भएर पनि स–साना टुक्रामा भए यसले व्यक्तिको जीवनमा खुसी टिक्न दिँदैन । यस्ता व्यक्तिले संघर्षमा जीवन व्यतीत गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : १४ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार