हत्केलामा यस्तो रेखा भएका व्यक्तिले उमेर ढल्केपछि पनि सफलता पाउँछन् « Khabarhub

हत्केलामा यस्तो रेखा भएका व्यक्तिले उमेर ढल्केपछि पनि सफलता पाउँछन्


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्र अनुसार हत्केलाको सूर्य र भाग्य रेखाको विशेष महत्व हुन्छ । सूर्य रेखाले भविष्य र सफलताको संकेत गर्दछ भने भाग्य रेखाले मानिसको भाग्यका बारेमा संकेत गर्ने मान्यता छ । यदि हत्केलाका दुबै रेखा शुभ स्थितिमा छन् भने यस्ता व्यक्तिलाई भाग्यले साथ दिने मान्यता छ । यस अलावा यी दुई रेखाले अरू केही खास संकेत पनि गर्दछ ।

सूर्य र भाग्य रेखाको योग
हस्तरेखा शास्त्र अनुसार यदि हत्केलाको सूर्य र भाग्य रेखा दुबै शुभ छ र दुबै रेखा समानान्तर छ भने यस्ता व्यक्ति अति सौभाग्यशाली हुन्छन्। साथै यदि मस्तिष्क रेखा सीधा र स्पष्ट छ भने भाग्य वृद्धि हुने मान्यता छ । यस्ता व्यक्ति धनवान हुन सक्छन् । हस्तरेखा शास्त्रका अनुसार रेखा योगले मानिसलाई बुद्धिमान बनाउँछ ।

आधा उमेरपछि सफलता
हस्तरेखा शास्त्र अनुसार यदि सूर्य रेखा हृदय रेखाका छेउबाट सुरु भएको छ भने यस्ता व्यक्तिले जीवनको उत्तरार्धमा सफलता पाउने छन् । यस्ता रेखा भएका अधिकांश व्यक्तिले ५५–६० वर्षको उमेरमा केही विशेष काम गर्ने सम्भावना रहन्छ । तर यसका लागि सूर्य रेखा स्पष्ट र शुभ हुन आवश्यक छ ।

जीवनमा खुसी
हस्तरेखा शास्त्र अनुसार यदि सूर्य रेखा, मणिबन्ध वा यसको नजिकबाट सुरु भएर भाग्य रेखाको समानान्तर भई शनि पर्वतसम्म पुगेको छ भने यो योग अत्यन्त शुभ र विशेष मानिन्छ । यस्ता व्यक्तिले जुन कामको थालनी गर्छन् त्यसमा सफलता प्राप्त गर्न सक्छन् । तर हदयरेखाको माथि सूर्य रेखा नभए वा भएर पनि स–साना टुक्रामा भए यसले व्यक्तिको जीवनमा खुसी टिक्न दिँदैन । यस्ता व्यक्तिले संघर्षमा जीवन व्यतीत गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : १४ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक