डेलिभरी म्यान पक्राउ परेपछि अर्डरको खाना पुर्‍याउन ग्राहककोमा प्रहरी « Khabarhub

डेलिभरी म्यान पक्राउ परेपछि अर्डरको खाना पुर्‍याउन ग्राहककोमा प्रहरी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राज्य अमेरिकाको दक्षिण डकोटामा एक रोचक घटना भएको छ । यहाँ प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै एक डेलिभरी म्यानलाई नियन्त्रणमा लियो । सो समय ती डेलिभरी म्यान अर्डरको खाना पुर्‍याउन जाँदै थिए । तर उनी ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परे । त्यसपछि प्रहरीले गरेको कार्य भने निकै रोचक छ ।

खासमा ती डेलिभरी म्यान खानाको अर्डर पुर्‍याउन जाने क्रममा ट्राफिक नियम उल्लंघन गरेपछि डकोटा प्रहरीको नियन्त्रणमा परे । उता ग्राहक अर्डरको खानाको प्रतिक्षामा थिए । तर डकोटा प्रहरीले ती डेलिभरी म्यानको अधुरो काम पुरा गरे ।

डकोटा प्रहरीका एक अधिकारीले आफ्नो जिम्मेवारीबाट हटेर व्यक्तिगत रूपमा अर्डरको खाना ग्राहकलाई पुर्‍याए । जब प्रहरी खाना लिएर ग्राहकसम्म पुगे तब ग्राहक पनि प्रहरीले खाना ल्याएको देखेर अचम्मित भए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस् 

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ०३ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका