बेनी बजार संरक्षण योजना निर्माण थालियो « Khabarhub

बेनी बजार संरक्षण योजना निर्माण थालियो


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो।

हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो । बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले यसै हप्तादेखि नदी किनारमा पक्की पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न थालेको छ । माउन्ट धवलागिरि कन्सट्रक्शनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्कस्थित कालीगण्डकी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न थालेको बताए।

‘मङ्गलाघाटको म्याग्दी नदी किनारमा केही दिनमै पर्खाल बनाइनेछ’, उनले भने। पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीका बासिन्दाको विरोधका कारण सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध बनाउन बाधा पुगेको छ । विवाद समाधान गर्न बेनी नगरपालिका र जलजला गाउँपालिकालाई कम्पनीले अनुरोध गरेको छ । बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित रु नौ करोड ४५ लाखमा पुस तेस्रो साता ठेक्का सम्झौता भएको हो ।

परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल रु १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का रौताह–बिएनबीले पाएको बताए। कालीपुलमा ८० र सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ । चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो ।

कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । नदी नियन्त्रणको काम बर्खाअघिनै सम्पन्न गर्नुपर्ने स्थानीय टङ्क हमालको सुझाव छ । जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ रु तीन करोड तथा पर्वत बेनीतर्फ रु दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ३० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र