गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति कोषको निर्देशन « Khabarhub

गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति कोषको निर्देशन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।

जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेको छ ।

‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेको पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएको पाइएकाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफैले भत्काइ लैजानु होला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।

अन्यथा कोष आफैले छाप्रा भत्काउने चेतावनी दिइएको छ । त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खोजिएको थियो । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि कोषले कदम चाल्न सकेको थिएन ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ५२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र