एक युवकका आठ पत्नी, मिलेर बस्छन् एउटै छानामुनि « Khabarhub

एक युवकका आठ पत्नी, मिलेर बस्छन् एउटै छानामुनि


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्ड– थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका टाटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वाता दिएपछि उनको अनलाइन चर्चा बढेको हो ।

सोरोटले आठ ओटा विवाह गरेका छन् र उनीहरु सबै एउटै छानोमुनि बस्छन् । उनीहरुले एउटा ठूलो खुसीयाली परिवार मान्छन् । कार्यक्रममा सोरोटले आफ्ना हरेक पत्नीलाई परिचय दिँदै उनीहरुसँगको भेटबारे खुलासा गरेका छन् । त्यस्तै, आठै जना महिलाले आफ्ना पतीलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् ।

सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए । त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौ पत्नी नोङ फिल्मलाई मन्दीर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीहरुसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका थिए ।

‘उनी निकै हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्यै सुझबुझ भएका पुरुष हुन्,’ आठै जना महिलाले भने । उनले राम्रो व्यवहार गरेकोले झगडा गर्नु नपरेको आठै जनाले बताएका छन् ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती भएका छन् । आठ ओटा श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ४५ बजे

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स