मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन « Khabarhub

मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक चोक र शिव चोकमा प्रदर्शन गरेका छन् ।

त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने काम मात्र गरेको उनीहरूले आरोप लगाए ।

सरकारले मंगलबार राति १२ बजेदेखि प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा ३–३ रुपैयाँ बढाएको थियो । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ कायम गरिएको छ ।

सरकार दुई साताभित्र दुई पटक पेट्रोलियमको मूल्यवृद्धि गरेको हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०० बजे

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार