मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन « Khabarhub

मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक चोक र शिव चोकमा प्रदर्शन गरेका छन् ।

त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने काम मात्र गरेको उनीहरूले आरोप लगाए ।

सरकारले मंगलबार राति १२ बजेदेखि प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा ३–३ रुपैयाँ बढाएको थियो । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ कायम गरिएको छ ।

सरकार दुई साताभित्र दुई पटक पेट्रोलियमको मूल्यवृद्धि गरेको हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०० बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन्