एमसीसीको प्रस्ताव रोकेर सभामुखले ‘बुलिङ’ गरे- एमाले अध्यक्ष ओली « Khabarhub

एमसीसीको प्रस्ताव रोकेर सभामुखले ‘बुलिङ’ गरे- एमाले अध्यक्ष ओली


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

आज भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्युनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए ।

एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले एमसीसीबारे सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको तर्क गरे ।

उनले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनाधिकृत ढंगले हैसियतभन्दा परको काम गर्न खोजेको बताए ।

प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने बताए ।

त्यस्तै सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानून र आवश्यकता अनुसार निर्वाचन गर्न ध्यानकर्षण गराए पनि सरकारले नसुनेको जिकिर गरे । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे ।

निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने ओलीको भनाइ छ । ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाए ।

उनले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसँग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ३१ बजे

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको