कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो « Khabarhub

कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोडभन्दा धेरै भएको छ।

पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको संख्या ३७ करोड ५ लाखभन्दा धरै भएको हो।

त्यसैगरी २४ घण्टामा १२ लाख संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४३ करोड ३ लाखभन्दा धेरै भएको छ। यो अवधिमा थप ६ हजार संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ८२ हजार पुगेको कोरोनाको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार निको हुनेको संख्या बढ्दै गए पनि विश्वभर ६ करोड १ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७४ हजारको अवस्था जटिल छ भने बाँकीको अवस्था सामान्य छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ६ लाखमा कोरोना पुष्टि हुँदा ९ लाख ७६ हजारको मृत्यु भइसकेको छ। ५ करोड ३६ लाख भने निको भएका छन्। संयुक्त राज्य अमेरिकामा मात्रै दैनिक एक हजारभन्दा बढीको कोरोनाले मृत्यु हुने गरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४५ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्