कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत « Khabarhub

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले कोषबाट जम्मा भएको व्याजलाई कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो । कडा रोग लागेको सम्वन्धी कागजात पेश गरेपछि तोकिएको भुक्तानी उपलव्ध गराइने प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

यस्तै, ६० वर्ष उमेर भएपछि स्वेच्छिक अवकाश लिन चाहने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि जनही २० हजार प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : २५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि