एमसीसीले माओवादीमा फुट, कांग्रेस एकजुट | Khabarhub Khabarhub

एमसीसीले माओवादीमा फुट, कांग्रेस एकजुट

टिप्पणी : एमाले आक्रोशित, नेकपा समाजवादी खुशी



काठमाडौँ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातारात यूटर्न लिएर एमसीसी पारित गर्न सरकारलाई सघाएपछि नेकपा माओवादी केन्द्रमा फुटको अवस्था सिर्जना भएको छ । सुरुदेखि नै एमसीसीको विरोधमा रहेको माओवादी अन्तिम समय एमसीसीको पक्षमा उभिएको थियो ।

तर प्रचण्डले रातारात एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको साथमा उभिने निर्णय लिएपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्ष असन्तुष्ट भएर फुटतर्फ अग्रसर भएको हो ।

एमसीसीमा नारायणकाजी श्रेष्ठ पक्ष विपक्षमा उभिएको थियो । साथै श्रेष्ठ निकट नेताहरुले एमसीसी नेपालको हितमा नभएकाले पारित गर्न नहुने अडान राखेका थिए । तर आफ्नो निर्णय विपरित नेताहरुले समर्थन नगरेपछि माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित भएका थिए ।

उनले पत्रकार सम्मेलनमा श्रेष्ठ पक्षले पार्टी छाड्दा पनि खासै फरक नपर्ने बताएका थिए । जसले गर्दा श्रेष्ठ पक्ष नराम्रोसँग चिढिएको छ । यसरी चिढिएर पार्टीमा विद्रोह गर्ने तयारी गरेपछि अध्यक्ष प्रचण्ड मंगलबार नै हात्तीवन पुगेर फकाउन तयार भएका छन् ।

पार्टीमा सबैले साथ छाड्दा नारायणकाजी मात्रै अहिले प्रचण्डका समकालीन सारथी छन् । बाँकी धेरैले पार्टी छाडिसकेका छन् । यस्तो अवस्थामा श्रेष्ठले पनि पार्टी छाड्ने भएपछि प्रचण्ड झस्किएका हुन् । यस विषयमा प्रचण्डले गम्भीर आत्मसमीक्षा नगरे पार्टीबाट अलग हुने अवस्थामा श्रेष्ठ पक्ष पुगेको छ ।

माओवादीमा नारायणकाजीको पक्षमा गिरिराजमणि पोखरेल, शशी श्रेष्ठ, लिलामणि पोखरेल, अन्जन विशंखे लगायतका नेता छन् । एमसीसी पारित हुँदा कांग्रेस भने एकजुट देखिएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिमा पराजित शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु एकजुट देखिएका छन् ।

१० वर्षदेखि प्रक्रिया सुरु भएर संसद्बाटै पारित भएपछि कांग्रेस नेताहरुले यसलाई सफलताका रुपमा लिएका छन् । कांग्रेस नेताहरु सुरुदेखि नै एमसीसीको पक्षमा थिए । तर यसलाई सत्ताको दाउपेच बनाएको एमालेले भने आक्रोशित भएको छ ।

संसद्मा चर्को नाराबाजी गर्दा एमाले बढी आक्रोशित भएको हो । एमाले सांसदको नाराबाजी चल्दै गर्दा एमसीसी पारित भएको थियो । आफ्नो विरोधका बाबजुद एमसीसी पारित हुनु र सत्तामा प्रवेश गर्ने एमाले अध्यक्ष ओलीको चाहना तुहिएपछि एमाले ढुलमुलकै नमूना देखिएको छ ।

पटक पटक राष्ट्रिय मुद्दामा एमाले ढुलमुल रहँदै आएको छ । जसले गर्दा एमालेको रणनीतिक योजना समेत सँधै कमजोर हुने गरेको र पार्टीैको स्वार्थअनुकुल हुने गरेको देखिएको छ । जसले गर्दा एमाले सत्तामा हुँदा मात्रै होइन, प्रतिपक्षीमा हुँदा पनि जनताको माग सम्बोधन गर्नेभन्दा आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ केन्द्रित भएको प्रष्ट भएको छ ।

एमसीसी पारित हुँदा अन्तिम समय प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसँग उभिएका माधवकुमार नेपाललाई भने प्रत्यक्ष फाइदा पुगेको छ । आफ्ना १४ सांसदको पद खुस्काउन लागेका ओलीको योजना असफल पारेको भन्दै माधव नेपाल खुशी देखिएका हुन्् । यद्यपी यो मात्रै उसको योजना थिए ।

देउवा र प्रचण्डसँग मिलेर विभिन्न प्रदेशमा आफ्ना नेतालाई लाभको पद मन्त्री दिलाउन सफल माधव नेपाल अझै सत्तासँग सहकार्य गरेर आगामी चुनावमा पनि सुरक्षित हुन खोजिरहेका छन् । यसले ढिलोचाँडो एमालेभन्दा माधव नेपालको समाजवादी पार्टीले फाइदा पाउने देखिन्छ ।

त्यो भन्दा बढी विदेशी सहयोग परियोजना आउँदा पनि राजनीतिक पार्टी, ती पार्टीका नेता र कार्यकर्ता कसरी आफअुनुकल व्याख्या र सहमति गर्छन भन्ने ज्वलन्त उदाहरण एमसीसी परियोजना हो । जसले नेताहरुको स्वार्थको अनुहार प्रष्ट देखाएका छन् । नेताकै बोली आधार मानेर सडकमा उत्रिने नेता कार्यकर्ता भने अन्ततः बिचल्लीमा पर्ने स्पष्ट चित्र देखिएको छ । त्यसैले अब नेतादेखि जनता मात्रै होइन, कार्यकर्ता पनि होशियार हुनुपर्ने भएको छ ।

अन्यथा नेताहरुले आफु अनुकुल प्रयोग गर्ने र अवसर आउँदा पन्छाउने प्रवृत्तिले स्वयंम दलका सोझा कार्यकर्ता शिकार हुने देखिन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : २४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने