चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना « Khabarhub

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूसँग चलचित्र सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै उनले बोर्डमा धेरै चुनौती रहेकाले प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तनको आवश्यक औँल्याए ।

“कुनै पनि संस्थाको आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले चलचित्र विकास बोर्डलाई कसरी नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ”, उनले भने।

अध्यक्ष पण्डितले आफूले छनोटका क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना पेस गरिसकेको जानकारी दिँदै बोर्डको आम्दानी बढाउने र सरकारी लक्ष्य अनुरूप परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गरी योजनाअनुसार काम गर्ने विश्वास दिलाए । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँलाई गत असोज ३० गतेको निर्णयबाट अध्यक्षमा मनोनयन गरेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ८ : ५३ बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला