खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सह इन्चार्ज « Khabarhub

खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सह इन्चार्ज


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सह इन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौँ जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह इन्चार्ज तोकेको हो ।

एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सह इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सह इन्चार्ज तोकिएका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा गिरेन राईले इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सह इन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सहइन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सहइन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सह इन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सह इन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सह इन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

१ सय ९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीको जिम्मेवारी पनि बाँडफाँट भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : १० बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष