अमेरिकी आकाशमा पनि रुसी जहाजमाथि प्रतिबन्ध « Khabarhub

अमेरिकी आकाशमा पनि रुसी जहाजमाथि प्रतिबन्ध


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध लगाएको छ । कांग्रेसमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

यसअघि अमेरिका कै जहाज निर्माता कम्पनी बोइङले रुसी एअरलाइन्सहरुलाई कलपुर्जा बिक्री, मर्मतसम्भार र प्राविधिक सहयोग उपलब्ध नगराउने घोषणा गरिसकेको छ ।

यसअघि अमेरिकाको उत्तरी छिमेकी क्यानाडा र युरोपेली युनियनले पनि रुसी जहाजलाई उड्न नदिने घोषणा गरिसकेका छन् । युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा मुलुकहरुले नाकाबन्दी र प्रतिबन्ध लगाउने क्रम जारी रहेको अवस्थामा बाइडेनले पछिल्लो घोषणा गरेका हुन् ।

गत सोमबार मात्रै क्यानाडाले रुसबाट कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : २८ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष