कृषि उद्योगले रोजगारी बढ्दै | Khabarhub Khabarhub

कृषि उद्योगले रोजगारी बढ्दै


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पछिल्लाे समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेसा अँगालिरहेका छन् । कृषि पेसालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् ।

झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेको फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांक अनुसार कोरोना कालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । 

कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।’ 

पछिल्लो समय कृषिलाई उद्योगको रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उनी बताउँछन् । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् । जसमा युवाहरू धेरै देखिन्छ । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनी भन्छन्, ‘विदेश बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेसालाई व्यवसायीकरण गरेका छन् । अर्को कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेसा गर्न पनि पाएका छन् । कृषि पेसा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेका भएर पनि नेपाल आएर यही पेसा गर्नेको संख्या बढी छ ।’

तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानी समेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउँछन् । ‘इजरायलमा सिकेको सीप मार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यवसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ,’ उनी भन्छन् । 

ज्ञान केन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दैगर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादनक कृषक नलबहादुर खड्का बताउँछन् । ‘हामी व्यावसायिक रूपमा खेती गर्नेलाई मजदुरको अभाव हुन्छ । कृषि क्षेत्रमा काम गर्ने मान्छे पाउनै मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘कृषि क्षेत्रमा पनि पैसा राम्रो छ । मानिसहरू विदेश जान्छन् । तर, कृषि क्षेत्रमा मजदुर गर्न मन पराउँदैनन् ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ५० बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन