बाँकेमा अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

बाँकेमा अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

मंगलबार राती पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगञ्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्वरको कार चेकजाँच गर्नेक्रममा एक थान मेडईन अमेरिका लेखेको अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने नाै थान गोलीसहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताए ।

उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग ५० हजार भारतीय रुपैयाँमा खरिद गरी ल्याएको खुलेको छ । उनीहरुले सो पेस्तोलले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्दा दुई राउण्ड गोली पड्काएको र सोही आधारमा उनीहरू प्रहरी फन्दामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्र यसअघि पनि विभिन्न सात वटा आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । प्रहरीले चालु आर्थक वर्षमा योसहित ४ वटा घटना हात हतियारसहित अभियुक्त पक्राउ गरेको जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३१ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक