गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट « Khabarhub

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेट भएको छ ।

बुधबार गृह मन्त्रालय पुगेका राजदूत बेरी र गृहमन्त्री खाँणबीच एमसीसीलगायत विषयमा परामर्श भएको हो ।

भेटमा खाँणले एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएको र नेपाली जनता तथा नेपाल सरकार खुशी रहेको राजदूत बेरीलाई बताएका थिए ।

एकातिर एमसीसी पास गर्नुपर्ने अनि अर्कोतर्फ सबै दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने चुनौती भए पनि वर्तमान सरकारलाई असर नपारी एमसीसी अनुमोदन गराउन सरकार सफल भएको पनि उनले बेरीलाई बताएका थिए ।

एमसीसीको विषयमा गरिएको व्याख्यात्मक घोषणाबारे आफूहरूले पहिलादेखि भन्दै आएको पनि राजदूत बेरीले बताए ।

भेटमा राजदूत बेरीले प्रधानमन्त्री शेरबहादुर र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको पनि बताएका थिए ।

यसअघि, मंगलबार बेरीले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी पास गराएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,