पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पन्छी नष्ट « Khabarhub

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पन्छी नष्ट


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  पोखरामा बर्डफ्लु रोग भेटिएको छ ।

पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा  कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।

ती वडामा आज खटिएको प्रविधियुक्त टोलीबाट २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए  ।

उनले भने , “उक्त क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने सङ्ख्या सोचेभन्दा बढी भेटिएको छ ।” दुवै स्थानमा आजैदेखि फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।

पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरीनजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।

स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याई आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाडौँ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै स्थानमा सङ्क्रमण पुष्टि भएको हो ।

सञ्चार अधिकृत न्यौपानेले भने , “सक्रंमण देखिएको स्थानलाई इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।” स्थानीय जनप्रतिनिधिको रोहवरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, प्रहरीसहितको टोलीले पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

आजै नष्ट गरिएका पन्छी र सङ्कलन गरिएको पन्छीजन्य पदार्थलाई पोखराको ल्याण्डफिल्डनजिकै खाली जग्गामा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको छ

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : ३७ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४