कर्णाली प्रदेश: समितिमा पठाइयो तीन विधेयक « Khabarhub

कर्णाली प्रदेश: समितिमा पठाइयो तीन विधेयक


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली-  कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको ११ औँ बैठकले तीनवटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले गत माघ २७ गते प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिएका थिए ।

सोहीअनुसार ती विधेयकमाथि संशोधनको सूचना परेको जनाउँदै सभामुख शाहीले आज थप छलफलका लागि सभामा प्रस्ताव गर्न मन्त्रीलाई समय दिए  ।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सभामा दफाबार छलफलका लागि प्रस्ताव गरेको  ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक’ सामाजिक विकास समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रस्ताव गरेको ‘शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ प्रदेश मामिला तथा विधायन समितिमा पठाइएको छ ।

प्रदेशसभा सदस्य नरेश भण्डारीले सिञ्जा प्रस्ताव गर्नुभएको गैरसरकारी विधेयक ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ पनि दफाबार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ जारी सभाबाट स्वीकृत भइसकेकाले प्रस्थापन विधेयकरूपमा सभामा प्राप्त भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ सभासमक्ष टेबुल गरिएको छ  ।

सभामुख शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ नियम १२५ को उपनियम ६ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ माथि छलफलका लागि तालिका तोकिएको सूचना गरेका छन्  ।

तालिकाअनुसार फागुन १९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रलायले छलफलमा भाग लिनेछन् ।

फागुन २३ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लोकसेवा, मुख्य न्यायाधिवक्ताको कार्यालय र कर्णाली प्रदेश योजना आयोग, २४ गते भौतिक पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शीर्षकमा दफाबार छलफलको समय निर्धारण गरिएको उहाँले जानकारी गरे  ।

‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ प्रदेशसभाबाट स्वीकृत भइसकेको र प्रस्थिापन विधेयकरूपमा सभामा प्राप्त भएको उक्त विधेयक सभासमक्ष टेबुल गरेको छ । सो विधेयकमाथि छलफल गर्न स्वीकृतिका लागि विचार गरियोस् भनी सभासमक्ष मन्त्री विष्टले गरेको प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।

कानूनमन्त्री शाहीले ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरे ।  अर्को बैठक आगामी फागुन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : १३ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक