‘शिक्षा’ विषय पढाउने शिक्षकबाटै नाबालिक बलात्कार,५२ हजारमा गर्भपतन « Khabarhub

‘शिक्षा’ विषय पढाउने शिक्षकबाटै नाबालिक बलात्कार,५२ हजारमा गर्भपतन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो ।

यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो ।

कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग ।

भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।

ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले ओठ चुस्नेदेखि स्तन खेलाउनेलगायतका हर्कत गर्न थाले । अन्ततः इच्चाविपरीत दुईचोटी बलात्कार गरे । बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख छ । शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक बलात्कार गरेको ती विद्यार्थीको आरोप छ। भुसालले बलात्कार गर्दा नै गर्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।

प्रतिवादी भुसालले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, – सल्लाहअनुसार यौनसम्पर्क राखिएको हो ।

कानुनअनुसार इच्छाविपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौनसम्पर्क राखे बलात्कार मानिन्छ ।

ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौन सम्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा अदालतमा अभियोजन गरेको हो ।

वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।

वकिल कार्यालयले भुसालविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ ।न्युज कारखाना

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ५७ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल