दीपेन्द्रको उत्कृष्ट शतक, नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य प्रस्तुत « Khabarhub

दीपेन्द्रको उत्कृष्ट शतक, नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य प्रस्तुत


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेशियालाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जित्दै मलेशियाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

पहिलो इनिङको निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएपछि नेपालले मलेशियालाई २२४ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गर्दै सर्वाधिक ११० रनको उत्कृष्ट पारी खेले । ५७ बल खेलेका उनले ६ छक्का र १० चौका प्रहार गरे ।

त्यस्तै रोहित पौडेलले ५१, मोहम्मद आदिलले १४, आशिफ शेखले १८ रन जोडे ।

मलेशियाका लागि मोहम्मद वफिक, पवनदीप सिंह, स्याजरुल इद्रुस र मुहम्मद आमिरले समान एक १–१ विकेट लिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ०६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको