प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट « Khabarhub

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।

‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्‍यौं,’ नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौँ ।’

प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।

उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाइ उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : १४ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि